यसै वर्ष ९० वर्ष लागेकी चर्चित बलिउड गायिका लता मंगेशकर सोमबार साँझ अस्पतालबाट घर फर्केकी छन् ।
सास फेर्न गार्हो भएपछि उनलाई सोमबार बिहान २ बजे मुम्बई स्थीत ब्रिचक्याण्डी अस्पतालको आईसियूमा भर्ना गरिएको थियो । मुम्बईबाट प्रकाशित हुने ’मुम्बई मिरर’का अनुसार घरमै राखेर उपचार गर्दा हुने अवस्था भएपनि अस्पताल नजिके भएकाले उनलाई भर्ना गरिएको जनाएको छ ।
श्रोतको हवाला दिदै उक्त पत्रिकाले गायिका मंगेशकरको अवस्था हाल स्थिर रहेको र क्रमिक सुधारोन्मुख भइरहेको लेखेको छ ।