टांडीमा ताराप्रकाशको धूम - Crazysaptahik.com

टांडीमा ताराप्रकाशको धूम

क्रेजी साप्ताहिक
टांडी (मोरङ) । गायक तथा संगीतकार तारा प्रकाश लिम्बुले मोरङको टांडीमा सोमबार बेलुका धूम मच्चाएका छन् ।

राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द लिङदेनको पुर्ण कदर शालिक अनावरण तथा मुहिङ्गुम अङ्सीमाङ फाल्गुनन्द लिङ्देनको १ सय ३५ आंै जन्मजयन्ती विशेष सांगीतिक साँझमा विभिन्न प्रस्तुतिहरु रहेका थिए । सो कार्यक्रम मिक्लाजुङ –३, टांडी, धोवेनी मोरङको आयोजनामा भएको थियो ।

रातको १० बजे स्टेजमा उद्घोषकले ताराप्रकाश लिम्बुलाई प्रस्तुतिको लागि बोलाए । लिम्बु स्टेजमा उक्लदा दर्शकहरुले उनलाई ठूलो चिच्याहट र तालीको पर्राले स्वागत गरेका थिए । उनले ‘कसम हजुरको …’ बोलको गीतबाट आफ्नो प्रस्तुति सुरु गरे । त्यसपछि उनले ‘के साच्चै तिमी रिसाकै हौ त…’, ‘तिम्रो मिठो बोलीसँग…’, ‘पिउदिनँ भन्दा भन्दै पिलायो साथीले…’ ‘बेबी आइ लभ भ्यु..’ लगायत आधा दर्जन बढी गीत गाउँदा दर्शकहरुले पनि सँगसँगै गाएर साथ दिएका थिए ।

यसैगरी गायक तथा संगीतकार देव गुरुङले ‘सेवारो ठूली…’, विशाल राई, सुनिता मिभक र नितेश राईको गायनमा पनि दर्शकहरु मजाले झुमेका थिए । साथै स्थानीय क्लबहरुको साँस्कृतिक डान्सको बेजोड प्रस्तुतिले माहोल अझ तताएको थियो ।

– तस्बिरहरु : महेन्द्र लिम्बु

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.