बलिउड नायिका परिणिती चोपडाले नायक अजय देवगणको चलचित्रमा काम नगर्ने भएकी छिन् । अजयले मस्टिस्टारर चलचित्र ‘भिजुः दि प्राइड अफ इन्डिया’ नामक चलचित्र निर्माणको तयारी गरिरहेका थिए ।
चलचित्रको लागि परिणिती पक्का थिइन् । तर, समय नमिलेपछि परिणितीले यो चलचित्रबाट हात झिकेकी हुन् । परिणिती अहिले साइना नेहावालको बायोपिक चलचित्रमा काम गर्ने तयारी गरिरहेकी छिन् ।
यो चलचित्रको लागि परिणितीले धेरै समयदेखि मिहिनेत गरिरहेकी छिन् । व्याडमिन्टन खेलाडी साइनाको बायोपिकमा काम गर्नको लागि परणितिले लामो समयदेखि यो खेल पनि सिकिरहेकी छिन् ।