मिस वल्र्ड चिल्लरको डेब्यु बलिउडमा ! - Crazysaptahik.com

मिस वल्र्ड चिल्लरको डेब्यु बलिउडमा !

‘मिस वल्र्ड २०१७’ मानुषी चिल्लरको बलिउड डेब्यू पक्का भएको छ । बलिउड बजारमा विभिन्न खालका खबरहरु सार्वजनिक भएपनि यस बिषयमा मानुषी र चलचित्रको टिमले केही पनि बताएको थिएन ।

तर, सन् २०२० को तिहारमा रिलिज हुन लागेको चलचित्र ‘पृथ्वीराज’बाट मानुषीले बलिउडमा डेब्यू गर्ने पक्का भएको हो । यो चलचित्रमा मानुषी नायक अक्षय कुमारको जोडीको रुपमा देखिदैछिन् । आदित्य चोपडाको निर्माणमा बन्न लागेको यो चलचित्रमा मानुषी संयोगीताको भूमिकामा देखिन लागेकी हुन् । यो चलचित्रलाई डाक्टर चन्द्रप्रकाश द्धिवेदीले निर्देशन गर्दैछन् ।

मानुषीले यो चलचित्रका लागि केही समय अगाडिदेखि नै तयारी गरिरहेको चर्चा चलेको थियो । तर, यशराज ब्यानरले पहिलो पटक मानुषी पक्का भएको जानकारी दिएको छ ।

सम्बन्धित खवर