काठमाडौँ । भर्खरै चलचित्र ‘सेल्फी किङ’को छायांकन सकेका नायक विपिन कार्की बुवा बनेका छन् । झण्डै ५ वर्ष अघि रेश्मा कटुवालसँग विवाह गरेका बिपिनले पहिलो सन्तानको रुपमा छोरीको बुवा बन्ने अवसर प्राप्त गरेका हुन् ।
सोमबार बिहान ६ बजेर ४२ मिनेटमा उनका श्रीमती रेश्माले बल्खुमा अवस्थित बयोदा अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । बच्चाको तौल ३.७ केजी हुनुको साथै बच्चा र आमाको स्वास्थ्य निकै राम्रो रहेको उनले जानकारी गराएका छन् ।
उनले छोरी जन्मेको खुशीयालीमा सामाजिक सञ्जाल फेसबुकमा आफ्नो र नवशिशुको तस्विर सेयर गर्दै लेखेका छन् । ‘उनी हाम्रो प्रेम र बन्धनको पहिलो उत्पादन हो । हामी आमाबुबा हुन पाएकोमा खुशी छौं । हामीलाई विश्वास छ कि उनी सुन्दर रमनमोहक महिला हुनेछिन् । हाम्रो प्यारी छोरीलाई स्वागत छ ।’
चलचित्रमा धेरै पटक बुवा बनिसकेका तर वास्तविक जिवनमा भने बल्ल बुवा बन्ने अवसर पाएका बिपिनले भने चलचित्रको पर्दामा पनि म बाबु बनेको छु । तर, त्यसमा अभिनय गर्दा र रियल लाइफमै बाबु भन्दाको अनुभव धेरै फरक हुने रहेछ । म आफूलाई महशुश भएको कुरा शब्दमा वर्णन गर्न नै सक्दिनँ ।’
– मकालु खबरबाट