श्रीमान र श्रीमतीद्धारा छिमेकीको हत्या - Crazysaptahik.com

श्रीमान र श्रीमतीद्धारा छिमेकीको हत्या

क्रेजी साप्ताहिक । इनरुवा ३ का कारी यादवको हत्यामा छिमेकी श्रीमान र श्रीमतीको संलग्नता खुलेको छ । इनरुवा ३ सोमबारेका कारी यादव हत्यामा छिमेकी अशोक पण्डित र उनकी श्रीमती अनिता यादवको प्रत्यक्ष संलग्नता रहेको खुलेको हो । प्रहरीले हत्यामा संलग्न दुवैलाई पत्रकार सम्मेलन गरि सार्वजनिक समेत गरेको छ । कारी यादवको हत्यामा अनैतिक सम्वन्ध प्रमुख कारक रहेको पक्राउ परेकाहरुसँगको बयान तथा खोज अनुसन्धानका क्रममा खुलेको हो । अनिता र कारीबिच अनैतिक सम्वन्धको कुरा प्रहरी अनुसन्धानको क्रममा समेत खुल्न आएको बताइएको छ ।

कल डिटियल र वस्तुस्थिति अध्ययनका क्रममा अशोक र अनितालाई पक्राउ गरि प्रहरीले म्याद थप समेत गरेको छ । प्रहरी उपरीक्षक यज्ञबिनोद पोखरेलले पत्रकार सम्मेलन गरि घटना विवरण सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनकाबिच अशोक र अनिताले हत्या गरेको समेत स्विकारेका छन् । पत्रकार सम्मेलनमा अनिताले कारीले बोलाएर आफुमाथि जबरजस्ती गर्न खोजेको बताएकी थिइन् । प्रहरीका अनुसार कारीले फोन गरेर अनितालाई घरबाहिर बोलाएका थिए । धक्काधक्की पश्चात कारीमाथि हरेलु हतियारले प्रहार गरिएको देखिन्छ । त्यसपश्चात डोरीले घाँटी बाँधेर हत्या पश्चात अशोकले कारीको शव घिसारेर मृतक यादवकै घर पछाडी लगि छाडेका थिए । अनिताले भने कारीको मोबाइल आगोमा हालेर डढाएकी हुन् । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार रातीको ११ बजेको समयमा कारी र अनिताबिच फोनमा कुराकानी भएपश्चात हत्या भएको जानकारी प्रहरीले दिएको छ ।

सम्बन्धित खवर