हँसिलो चेहरा मन्द मुस्कान र खदिलो ज्यानका धनी हुन् मोडल मिलन दाहाल । ३५ वर्ष अघि धनकुटा जिल्लामा जन्मिएको दाहालले औपचारिक शिक्षाका रुपमा प्लस–टु गरेका छन् । स्कुलदेखि अभिनयमा हामफालेका दाहालले नेपालमा चर्चित गायक र भारतका केही चर्चित गायकका गीतमा मोड्लिङ गरेका छन् ।
काठमाडौंको कोटेश्वरलाई कर्मथलो बनाएका दाहालले प्रमोद खरेलको स्वरमा रहेको ‘कुन सागरको कुरा….’ भन्ने गीतबाट मोडलिङमा डेब्यू गरेका उनलाई नायिका रिस्ता बस्नेतले साथ दिएकी छिन् । यस गीतका निर्देशक कृष्ण पौडेल हुन् । त्यसरी नै गायिका अंन्जु पन्तको स्वर रहेको ‘तिम्रो फोटो हेर्दा हेर्दै…’ बोलको गीतमा मोडलिङ गरेका छन् भने यो गीतको निर्देशन शरद के.शीले गरेका हुन् ।
त्यसैगरी भारतका प्रसिद्ध गायक/गायिका कुमार सानु र सञ्जिनीको स्वर रहेको ‘सुस्तरी बढदै छ माया…’ बोलको गीतमा पनि उनले मोडलिङ गरेका छन् । सङ्गीत कृष्ण रिमालको हो । यो गितको निर्देशन पनि कृष्ण पौडेलले नै गरेका हुन् ।
भविष्यमा फिल्ममा नायकको अफर आएमा नायक बन्ने ध्याउन्नमा छन उनी । यस पेशाबाट राम्रो कमाइ नभए पनि आफूलाई आत्मसन्तुष्टि मिलेको उनले बताए करिब तीन दर्जनभन्दा बढी गीतमा मोडलिङ गरेका दाहालले नेपालमा सिनेमाको बजार राम्रो भएकोे सुनाए । त्यसैले अब उनी कलाकारितालाई अझ रफ्तारका साथ अघि बढाउने सोचमा छन् ।
– शब्द : भूमिप्रसाद पाठक