पागलपंतीलाई समीक्षकले भने बेकारको सिनेमा - Crazysaptahik.com

पागलपंतीलाई समीक्षकले भने बेकारको सिनेमा

क्रेजी साप्ताहिक । वक्स अफिसमा जोन अब्राहम, अनिल कपुर, अरशद वारसी तथा पुलकित सम्राट स्टार ’पागलपंती’ले दयनिय सुरुवात गरेको छ ।

सिनेमाले रिलिजको दिन केवल १५ प्रतिशतको अकुपेन्सी कायम गरेपछि व्यापार दयनिय भएको हो । रिलिजको पहिलो दिन सिनेमाले केवल २ करोड भारू कमाइ गरेको अनुमान गरिएको छ । चलचित्रका निर्देशक र स्टारकास्ट हेर्दा यो विर्सन लायक व्यापार हो । दर्शक तथा समीक्षक दुबैले चलचित्रको चर्को आलोचना गरेका छन्। सिनेमाबाट कथा हराएको धेरैको प्रतिक्रिया दिएका छन् ।

’वेलकम’, ’रेडी’ जस्ता सिनेमा निर्देशन गरिसकेका अनिल बज्मीले यो चलचित्र निर्देशन गरेका हुन् । उनको सिनेमाले दर्शकलाई मनोरञ्जन दिने अपेक्षा गरिए पनि त्यसमा असफल भएको समीक्षकहरूको आरोप छ। धेरैले यसलाई बेकारको सिनेमा भनेका छन् ।

सम्बन्धित खवर