‘बाहुबली’ निर्देशकको नयाँ चलचित्रमा हलिउड स्टार, ‘थोर’का कलाकार भिलेन बन्ने - Crazysaptahik.com

‘बाहुबली’ निर्देशकको नयाँ चलचित्रमा हलिउड स्टार, ‘थोर’का कलाकार भिलेन बन्ने

 

एजेन्सी । ‘बाहुबली’ फिल्मबाट निकै चर्चा बटुलेका निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ आउँदैछ । निर्माणको घोषणादेखि नै चर्चा पाउन थालेको यो फिल्मको धेरैजसो सुटिङ सकिसकेको छ ।

बलिउड अभिनेत्री आलिया भट्ट र अजय देवगन का साथमा दक्षिण भारतीय स्टार एनटीआर र राम चरणको मुख्य भूमिका रहने ‘आरआरआर’ लाई बहुप्रतिक्षित फिल्म पनि भनिएको छ ।

धेरैजसो दक्षिण भारतीय फिल्म बनाउने एसएस राजमौलीले यसपालि आफ्ना फिल्ममा बलिउडका साथै नाम चलेका विदेशी कलाकारलाई पनि समावेश गरेका छन्। फिल्म निर्माण टोलीका अनुसार मुख्य अभिनेत्रीकै भूमिकामा ब्रिटिश अभिनेत्री ओलिभिया मोरिस देखिनेछिन् । ओलिभिया फिल्ममा एनटीआरका साथ देखिने बताइएको छ ।

ओलिभिया मात्र होइन, आयरल्यान्डकी अभिनेत्री एलिसन डूडी र रे स्टिभेन्सन पनि फिल्ममा मुख्य कलाकार हुन्। उनीहरू ’भिलेन’ को भूमिकामा देखिनेछन् ।

एलिसनले ’अ भ्यू टू किल’, ’इन्डियाना जोन्स’ र ’द लास्ट क्रूसेड’ जस्ता फिल्म खेलिसकेकी छन् । स्टिभेन्सन भने मार्भलको ’थोर’ मा भोल्सट्यागको भूमिकामा र ’किङ अर्थर’का साथै थुप्रै टिभी कार्यक्रममा देखिएका कलाकार हुन् ।

डिविवी इन्टरटेनमेन्ट मार्फत् निर्मित र एसएस राजामौलीद्वारा निर्दे्शित आरआरआर जुलाई ३०, २०२० मा संसारभर एकै साथ दस भारतीय भाषामा रिलिज हुनेछ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.