गलबन्दीका गायक तथा कलाकार प्रकाश सपुतको अर्को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गायिका पूजा सुनुवारको रहर एल्बममा समाबेश ‘हुन्छ भनन’ बोलको म्युजिक भिडियोमा प्रकाश सपुत र नायिका वर्षा राउत अभिनय रहेको छ। डस म्युजिक प्रालिको प्रस्तुति रहेको एल्बम रहरलाई, वरिष्ठ संगीतकार लक्ष्मण शेषले सार्वजनिक गरे ।
सार्वजनिक एल्बममा पाँच गीत समावेश भएका छन। अनुप चापागाईँको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोलाई उत्सब दाहालले छायाँकन र विकाश दाहालले सम्पादन गरेका छन्। दीपक शर्माको शब्द र संगीत रहेको सो गीत ‘हुन्छ भनन’मा डेबिड शंकरको मेल भोकल रहेको छ ।
भिडियो :