एलिना दियाली । वर्तमान समयमा युवा विदेशमा पलयान भईरहेको अवस्थामा आफ्नो देशमा नै काम गरेर जीवन सहज तरिकाले चलाउन,साथै नाम र दाम कमाउन सकिन्छ भन्ने कुराको उदाहरण भएका छन् गायक तथा ईन्जिनियर बिरेन्द्र श्रेष्ठ । पुर्वि पहाडी जिल्ला ताप्लेजुङ्गको साविक सिनाम गाउँ विकास समितिमा जन्मिएका बहुमुखी प्रतिभाका धनी श्रेष्ठ मुख्य पेशाले ईलेक्ट्रिकल ईन्जिनियर भएपनि गायन क्षेत्रमा पनि उत्तिकै अब्बल छन् । भनिन्छ नि जुनसुकै क्षेत्रमा सफल हुनका लागि त्यस क्षेत्रको भोक जरुरी हुन्छ त्यही गायन क्षेत्रको भोकले नै आफु पेशाले ईलेक्ट्रिकल ईन्जिनियर भएर पनि गायन क्षेत्रमा सफल भएको उनि दाबी गर्छन् ।
नेपालका प्रमुख जलबिधुत आयोजनाको प्रमुख भुमिका कुशलताका साथ सम्हालि सकेका श्रेष्ठ तिरमिर भयो आँखा ज्योती बोलको गितबाट नेपाली सांगीतीक यात्रामा होमिएका थिए । बि.स.२०७१साल बाट सुरु भएको उनको सांगीतीक यात्राले छोटो समयमा नै श्रोताको मन,मष्तिष्कमा डेरा बनाउन सफल भईसकेको छ। केहि राष्ट्र भत्ति का गीत संगै लोक पप गीतका कारण श्रोताको मन जीतेका श्रेष्ठको पिरिमको बाढी नामक गीतले ओएस नेपाल म्युजिकल अवार्ड २०१९ मा लोक पप क्याटेगोरीमा उत्कृष्ट लोक पप गायकको उपाधि चुमिसकेका छन् । पृथक स्वर भएका श्रेष्ठका थुप्रै गीतहरु मध्ये घर हाम्रो लेकैमा,आँखा लाउँछन्,आउन माया भेटौन हाट बजारैमा,पिरिमको बाढी गीतहरु चर्चामा रहेका छन् ।
आर्दशका भाषण छाटेर,बिरोध गरेर,अर्काको कुरा काटेर,खुट्टा तानेर मात्र व्यत्ति सफल हुन र देश विकास ह्ुन नसक्ने भन्दै व्यत्ति सफल र देशको विकास एकआपसमा भाईचारा,सद्भाव र निरन्तरको काम प्रतिको लगाव,मिहेनत साथै परिश्रमले मात्र हुने उनि बताउँछन् ।आफ्ना कार्यमा निरन्तर लगाब र झुकाब राख्ने श्रेष्ठ मुख्य पेशाले ईन्जिनियर संगै नेपाली सांगीतीक आकाशमा चम्किए सँगै मानिस बहु प्रतिभावान् हुन्छ भन्ने कुराको जवलन्त उदाहरण भएका छन् ।