बलिउड चलचित्र ‘उचाइ’को छायांकन सकियो - Crazysaptahik.com

बलिउड चलचित्र ‘उचाइ’को छायांकन सकियो

बलिउड चलचित्र ‘उचाई’को नेपालमा छायांकन सकिएको छ । नेपालमा २५ दिन यसको छायांकन गरिएको थियो ।दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायांकन ।

यो चलचित्र २८ अक्टोबरमा नेपालको कार्यतालिका पूरा गरेको हो । खोटाङको नाम्चेदेखि मनाङको विभिन्न ठाउँमा छायांकन गरिएको यस चलचित्रको शुक्रबार पहिलो तालिका अन्तर्गतको छायांकन सकिएको र दोस्रोका लागि भारतका विभिन्न स्थानमा छायांक नहुने राजश्री प्रोडक्सनले जनाएको छ ।

सुरज वाडजात्याद्वारा निर्देशित चलचित्रमा अनुपम खेर, वमन इरानी, निना गुप्ता, सारिका हसन, परिणिती चोपडालगायत कलाकार सहभागी थिए।  चलचित्रमा अमिताभ बच्चन भए पनि स्वास्थ्यका कारण उहाँ नेपाल आउन नसकेपछि उहाँको बडी डबललाई राखेर छायांकन गरिएको थियो।

चलचित्र निर्माण टोलीका केही सदस्य अहिले पनि मनाङमै छन् भने केही काठमाडौँ फर्किसकेका छन् । चलचित्रको मुख्य टोली शनिबार एयर इण्डियाको विमानमार्फत भारत फर्किएका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.