भारतमा कोरोना संक्रमितको संख्या तिव्र रुपमा घट्दैछ । तर पुरै खतम भइसकेको छैन । भर्खरै मात्र अभिनेत्री उर्मिला मातोंडकर संक्रमणको चपेटामा आएकी छिन् । उर्मिलाले आफु घरमै क्वारेन्टाइनमा बसेको जानकारी ट्वीटरमार्फत दिएकी छिन् ।
उनले आफुसँग सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न समेत आग्रह गरेकी छिन् । ‘मेरो कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आयो । म बिलकुल ठिक छु र घरमा नै क्वारेन्टाइनमा बसिरहेको छु ।
तपाईहरुसँगै सबैसँग अपिल गर्छु कि मेरो सम्पर्कमा आएकाहरूले एकपटक कोरोनाको जाँच गर्नुस् । र, यस दीपावलीलाई सावधानीका साथ मनाउन आग्रह गर्दछु,’ उनले लेखेकी छिन् ।
यसअघि भर्खरै मात्र टिभी अभिनेत्री निशा रावलले पनि आफुलाई कोभिड पोजेटिभ भएको जानकारी दिएकी थिइन् । स्वास्थमा खराबी देखिएपछि चेकजाँचका क्रममा कोरोना पुष्टि भएको उनले जानकारी दिएकी थिइन् ।