‘मुन्द्रेको कमेडी क्लब’को प्रशारण आउँदो सातादेखि बन्द हुने - Crazysaptahik.com

‘मुन्द्रेको कमेडी क्लब’को प्रशारण आउँदो सातादेखि बन्द हुने

हाँस्य कलाकार जितु नेपालले संचालन गर्दै आएको रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’को प्रशारण आउँदो सातादेखि बन्द हुने भएको छ । डेढ बर्ष भन्दा लामो समयदेखि नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको यो शो आउँदो साता प्रशारण भएपछि बन्द हुने यसका संचालक जितु नेपालले पुष्टी गरे ।

जितुले यो शो बन्द भएपछि आफूले केही समय विश्राम लिने र नयाँ शो दर्शकमाझ ल्याउने जानकारी दिए । यो शोमा निक्कै नै लोकप्रिय भएका कलाकार उमेश राई ‘फुलन्देकी आमा’ अर्को एक रियालिटी शोको होेस्ट बन्ने पक्का भएसँगै जितुले यो शो बन्द गर्ने निर्णय गरेका हुन् ।

उमेश राइले आफ्नो चर्चित गेटअप ‘फुलन्देकी आमा’ नै बनेर डान्स रियालिटी शो ‘डान्स च्याम्पियनसिप’को होस्ट गर्दैछन् । जितुले  भने–‘हुनत, म यो कार्यक्रमलाई बन्द गर्ने सोचमा नै थिएँ ।

सबै कलाकारलाई मायाको चिनो दिएर राम्रोसँग बन्द गर्ने सोचमा थिएँ । तर, उमेशजी अर्को शोको पनि होस्ट बन्ने हुनुभएछ । अब, दुबै शोमा एउटै गेटअपमा देखिदा समस्या हुन सक्छ भन्ने पनि लाग्यो ।’

यो शोलाई प्रायोजन गर्दै आएको कि एड्भरटाइजिङले उमेश दुबैतिर एउटै गेटअपमा देखिदा समस्या नहुने बताएपछि जितुले शो बन्द गर्ने मुड बनाए । कि ले पनि यो कुरामा सहमती जनाएपछि अर्को सातादेखि यो चर्चित कमेडी रियालिटी शो बन्द हुन लागेको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.