फिल्म ‘म राजेश हमाल’ को सुटिङ सकिएको छ । जोन योञ्जन निर्देशक रहेको फिल्मको सुटिङ ५० दिनमा सकिएको हो । फिल्मको सुटिङ धनगढीमा सकिएको निर्माण युनिटले जनाएको छ ।
सञ्चिता लुइँटेल, मुकुन भुसाल, महेश त्रिपाठी, अस्मिता लामिछाने, एवनराज उप्रेती, सन्जोग रसाइली लगायत कलाकारको अभिनय रहेको फिल्ममा अभिनेता आर्यन सिग्देलको अतिथि भूमिका रहेको छ ।
छायाँकनको समय फिल्मके नाम ‘म राजेश हमाल’ रहे पनि निर्माण टिमले फिल्म राजेश हमालको बायोपिक नभएको जानकारी दिएको थियो ।
आलोक शुक्लाको छायाँकन, भीम विश्वकर्माले सम्पादन रहेको फिल्म वर्ड पिक्चर, जोया पपया र ढाकाटोपी प्रोडक्सनको ब्यानरमा बन्न बनेको हो । अनुज हमाल कार्यकारी निर्माता, केदार भुसाल निर्माता रहेको फिल्मको कथा योञ्जनकै रहेको छ ।