जेलबाट बाहिरिएपछि आर्यन खानले गरे पहिलो यस्तो काम, फ्यान छक्क - Crazysaptahik.com

जेलबाट बाहिरिएपछि आर्यन खानले गरे पहिलो यस्तो काम, फ्यान छक्क

सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान आर्थर रोड जेलबाट बाहिर आएपछि गरेको उनको पहिलो कामले फ्यानहरु छक्क परेका छन् । २३ वर्षीय आर्यन खान गत हप्ता मुम्बईको आर्थर रोड जेलबाट बाहिर आएका थिए ।

जेलबाट बाहिर आएपछि उनले पहिलो काम आफ्नो इन्स्टाग्राम प्रोफाइल तस्वीर डिलिट गरेका थिए । जसका कारण उनका फ्यानहरु हैरान छन् कि आर्यनले किन यस्तो गरे ? आर्यन खानका इन्स्टाग्राममा १९ लाख फलोअर्स छन् ।

उनी प्रायः आफ्नो इन्स्टाग्राममा सक्रिय रहन्छन्, तर जेलमा रहँदा उनको खातामा कुनै पनि पोस्ट गरिएको थिएन र जेलबाट बाहिर आएपछि उनले पहिलो पटक आफ्नो प्रोफाइल तस्वीर डिलिट गरे।

उनले इन्स्टाग्रामबाट आफ्नो डिस्प्ले तस्वीर डिलिट गरेका छन् । तर, यो पनि सत्य हो कि आर्यन खान अन्य कलाकारका छोराछोरी जस्तो सामाजिक सञ्जाल चलाउँदैनन् । उनले सन् २०१३ यता इन्स्टाग्राममा २४ पोष्ट मात्रै सेयर गरेका छन् ।

आर्यन खान सन् २०१३ मा इन्स्टाग्राममा जोडिएका थिए । ड्रग घटनामा पक्राउ परेर आर्थर रोड जेलमा झण्डै एक महिना बिताएर शनिबार मन्नत फर्केका आर्यन खानलाई उनको घर मन्नत बाहिर भव्य स्वागत गरिएको थियो ।

फ्यानहरुले आर्यनलाई न्यानो स्वागत गरेका छन् । आर्यनलाई एनसीबीले आइतबार अक्टोबर ३ मा पक्राउ गरेको हो । उनीसँगै उनका साथी अरबाज मर्चेन्ट र मोडल मुनमुन धामेचा पनि पक्राउ परेका छन् ।

जेलबाट फर्किएपछि उनलाई बलिउडका कयौं दिग्गज कलाकारहरूले स्वागत गरे र करण जोहर, शनाया कपूर, हंसल मेहतालगायतले उनलाई सामाजिक सञ्जालमार्फत माया गरे।

उनकी बहिनी सुहाना खानले इन्स्टाग्राममा आफ्नो प्रेम व्यक्त गर्न आर्यन खानको बाल्यकालको तस्विर पोस्ट गरेकी छिन् ।यसअघि आर्यन खानले आफ्नो इन्स्टाग्राममा डीपी राखेका थिए ।

तर ‘मन्नत’ फर्किएपछि उनले त्यसलाई डिलिट गरि प्रोफाइल तस्वीर खाली छोडिदिए । तर, आर्यन खानले आफ्नो कुनै पनि पोस्ट डिलिट गरेका छैनन् । उनका सबै तस्विर इन्स्टाग्राममा उपलब्ध छन् ।

सम्बन्धित खवर