कानेपोखरीको जहदामा कार्तिक २८ बाट "जहदा भेट्रानस गोल्डकप" सुरू हुँदै - Crazysaptahik.com

कानेपोखरीको जहदामा कार्तिक २८ बाट “जहदा भेट्रानस गोल्डकप” सुरू हुँदै

क्रेजी संवाददाता
कानेपोखरी । मोरङ कानेपोखरी -५ स्थित जहदामा “जहदा भेट्रानस गोल्डकप-२०७८” यहि कार्तिक २८ गतेदेखि सुरू हुँदैछ । २८ गते उद्धघाटन हुने प्रतियोगिताको समापन मंसिर ५ गते हुनेछ ।

कानेपोखरी -५ जहदामा रहेको कानेपोखरी गाउँपालिकाको रंगशालामा हुने खेललाई जहदा भेट्रानस क्लबले आयोजना गरेको छ भने संरक्षकको रुपमा नव प्रगतीशिल समाज सेवा क्लब रहने खेल संयोजक डेनिम राईले बताए । उनले जहदा भेट्रानस गोल्डकपमा सहभागी हुने प्रत्येक टिममा २ जना ३८ वर्ष पूरा गरेका खेलाडी र अन्यको उमेर ४० वर्ष पूरा भएको हुनुपर्ने नियम रहेको जानकारी दिए । उनले भने ‘प्रतियोगितामा पूर्व खेलाडीहरूको वर्चस्व रहने छ’ ।

खेलमा ८ भेट्रानस टिम सहभागी हुँदैछ । पाहुनाको रूपमा नवलपरासी भेट्रानस टिम, धरान, इटहरी, विराटनगर, दमक, एभरेष्ट मोरङ, जहदा भेट्रानस लगायत टिम रहेको खेल सह-संयोजक भोजकुमार श्रेष्ठले बताए । प्रतियोगिताको विजेता र उपविजेताले क्रमश १ लाख र ५१ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । प्रत्येक खेलमा म्यान अफ द म्याच बापत पुरस्कार १ हजार र ट्रफी प्रदान गरिने भएको छ । वेष्ट गोलरक्षक, हाई स्कोरर, अनुशासित खेलाडी, म्यान अफ द टुनामेन्ट जस्ता विद्या हात पार्ने खेलाडीलाई खेल समापनको दिन नगद २५ सय सहित आकर्षक ट्रफीले पुरस्कृत गरिने भेट्रानस खेलाडी तथा ५ नम्बर वडाध्यक्ष चरण गुरुङले बताए ।
देश तथा विदेशबाट आर्थिक संकलन गरि सञ्चालन गर्न लागिएको प्रतियोगिताको अनुमानित खर्च करिब ५ लाख हुने खेल संयोजक राईले जानकारी दिए । अहिले खेल सञ्चालन हुने खेलमैदान सरसफाइ, प्रचारप्रसार लगायतका पुर्व तयारीलाई जोडतोडले अगाडि बढाइरहीएको आयोजकले बताएको छ ।

भेट्रान कप, ४० वर्ष नाघेका खेलाडीहरू बीच खेलाइएको एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो । जसलाई चितवनको भरतपुरमा पहिलो पटक आयोजना गरिएको थियो।

 

सम्बन्धित खवर