जमानतमा छुटेपछि पहिलोपटक शिल्पासँग देखिए राज कुन्द्रा - Crazysaptahik.com

जमानतमा छुटेपछि पहिलोपटक शिल्पासँग देखिए राज कुन्द्रा

पोर्नोग्राफीसम्बन्धी मुद्दामा अदालतबाट जमानतमा रिहा भएपछि राज कुन्द्रा पहिलोपटक आफ्नी पत्नी तथा बलिउड अभिनेत्री शिल्पा सेट्ठीसँग घुमघाममा निस्किएका छन् ।हालै उनी शिल्पासँगै हिमाञ्चल प्रदेशको ज्वालादेवी र चामुण्डा मन्दिर दर्शनका लागि पुगेका छन् ।

जसका केही तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । पोर्नोग्राफीसम्बन्धी मुद्दापछि राज पहिलोपटक सार्वजनिक स्थलमा निस्किएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । शिल्पाका पति राज पोर्न फिल्म निर्माण र बिक्री वितरण गरेको आरोपमा गत जुलाईमा पक्राउ परेका थिए ।

दुई महीना हिरासतमा बसेपछि अदालतले उनलाई जमानतमा रिहा गर्ने आदेश दिएको थियो । त्यसपति उनी सार्वजनिक रुपमा देखिएका थिएनन् भने सामाजिक सञ्जालबाट टाढा रहेका छन् ।

सम्बन्धित खवर