राजकुमार र पत्रलेखाले नोभेम्बर १३ मा विवाह गर्दै - Crazysaptahik.com

राजकुमार र पत्रलेखाले नोभेम्बर १३ मा विवाह गर्दै

बलिउड प्रेमजोडी राजकुमार राव र पत्रलेखा यही नोभेम्बर १३ मा वैवाहिक जीवनमा बाँधिदैछन् । उनीहरुले चण्डीगढमा विवाह गर्न लागेको जनाइएको छ । ईटाइम्सको रिपोर्ट अनुसार राजकुमार र पत्रलेखाले परम्परागत रीतिरिवाज अनुसार विवाह गर्दैछन् ।

यसअघि उनीहरुको विवाह जयपुरमा हुने खबर सार्वजनिक भएपनि अहिले चण्डीगढमा विवाह गर्ने तय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुको विवाहमा आफन्त र फिल्म क्षेत्रका केही सीमित व्यक्तिलाई मात्रै निमन्त्रणा गरिएको छ ।

तर अहिलेसम्म राजकुमार र पत्रलेखाको तर्फबाट भने विवाहको औपचारिक घोषणा भएको छैन । राजकुमार र पत्रलेखा सन् २०१० देखि डेटिङ गरिरहेका छन् । त्यसै वर्ष प्रदर्शनमा आएको फिल्म ‘लव सेक्स और धोखा’मा राजकुमारलाई देखेपछि आफूले मन पराएको पत्रलेखाले बताएकी छन् ।  यस्तै एक टेलिभिजन विज्ञापनमा देखेर आफूले पत्रलेखालाई मन पराएको राजकुमार बताउँछन् । यो जोडीले फिल्म ‘सिटीलाइट्स’मा सँगै काम गरेको छ ।

सम्बन्धित खवर