फिल्म ‘चपली हाइट ३’ पुस २ गते अर्थात डिसेम्बर १७ प्रदर्शनमा आउने भएको छ । निर्माता अर्जुन कुमारले फिल्म पुस २ मा प्रदर्शन गर्न लागिएको जानकारी दिए ।
‘फिल्म राम्रो भयो भने दर्शक आउछन् भन्ने ‘सूर्यबंशी’ ले प्रमाणीत गरेको छ’ निर्माता अर्जुन कुमारले भने, ‘हाम्रो फिल्म पनि राम्रो बनेको छ ।
दर्शक पाउँछ ।’ यस अगाडि २०७६ साल चैत्र २७ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म कोरोना महामारीका कारण लकडाउन भएपछि प्रदर्शन स्थागित भएको थियो ।
निकेश खड्काको निर्देशन रहेको सस्पेन्स, थ्रिलर कथामा बनेको फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।