कानेपोखरी तेक्वाण्डोको पहिलो दिन आयोजकलाई १ रजत र ३ कास्य पदक - Crazysaptahik.com

कानेपोखरी तेक्वाण्डोको पहिलो दिन आयोजकलाई १ रजत र ३ कास्य पदक

सनम रोक्का
कानेपोखरी । मोरङ कानेपोखरीमा सञ्चालन भइरहेको प्रथम अध्यक्ष कप १ नं. प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगितामा आयोजक कानेपोखरी र मोरङले प्याट्रन समूहतर्फ ६ स्वर्ण (पहिलो) र ३ रजत(दोश्रो) पदक हात पारेको छ । त्यसैगरी एकल स्पारिङतर्फ आयोजकले १ रजत(दोश्रो) र ३ कास्य(तेश्रो) पदक हासिल गरेको हो ।
प्याट्रन समूहको स्वर्ण तर्फबाट बिनिशा धिमाल र आर्यन राई(पहेँलो बेल्ट), स्वस्तिका माझी(ग्रीन बेल्ट), रिवाज फुयल(हरियो बेल्ट), आशिष भुजेल(निलो बेल्ट) र निश्चल लिम्बू(रातो बेल्ट)ले साथै रजत पदक प्रीन्सा भुजेल, मन्दिप माझी(पहेँलो बेल्ट), विशाल खत्री(हरियो बेल्ट)ले हासिल गरेका छ्न ।
एकल स्पारिङको जुनियर महिला(२०-२५) तौल समूहबाट स्वर्ण सदिक्षा राई जिल्ला सुनसरी, सुनिता तामाङ आयोजकको तर्फबाट रजत र कास्यपनि आयोजकको प्रतिनिधित्व गर्दै सुवानी राजभण्डारी र जेनिशा धिमालले जिते ।
(५०-५५) केजि तौल भएका पुरुषतर्फबाट स्वर्ण सुनसरीका अनुज राईले हात पार्दा रजत झापाका मनिष श्रेष्ठले र कास्य मोरङका अर्जुन गिरि र आयोजकको तर्फबाट हरि श्रेष्ठले हात पारे ।
दुई दिवसीय प्रतियोगिताको शुक्रबार दुई समूहबाट प्रथम, दोश्रो र तेश्रो पदकको छिनोफानो हुँदा भोलि शनिबार अन्य तौल समूहका खेलाडीबिच प्रतिस्पर्धा हुनेछ ।

शुक्रबार उद्धघाटनसँगै सुरू भएको प्रतियोगितामा प्रदेश १ का सुनसरी, मोरङ, उदयपुर, इलाम, पाँचथर, धनकुटा, भोजपुर, खोटाङ, आयोजक लगायतका टिमहरू रहेका छ्न । १४ जिल्लाहरूमध्येबाट ओखलढुंगा र सोलुखुम्बुबाट खेलाडीहरूको सहभागीता रहेको छैन । महिला र पुरुष गरि करिब १५० खेलाडी सहभागी रहेको प्रतियोगितालाई कानेपोखरी गाउँपालिकाले आर्थिक सहयोग गरेको छ भने प्रदेश नं. १ आइटीएफ तेक्वाण्डो संघको तत्वधानमा कानेपोखरी आइटीएफ तेक्वाण्डो डोजाङ्गले आयोजना गरेको हो ।

प्रमुख अतिथि पालिका प्रमुख ताराबहादुर काफ्लेले पानसमा बत्ती बालेर उद्धघाटन गरेको कार्यक्रममा आइटिएफ तेक्वाण्डोका केन्द्रिय अध्यक्ष अन्जन धमला, गापा उपाध्यक्ष राजमती इङ्नाम, आइटिएफ प्रदेश अध्यक्ष प्रविनकुमार कार्की, नेकपा एमाले गापा अध्यक्ष एवं २ नं. अध्यक्ष सुशील बुढाथोकी, कानेपोखरी खेलकुद परिषद संयोजक एवं ५ का अध्यक्ष चरण गुरुङ, नेपाली काङ्ग्रेस कानेपोखरी सभापति योगेन्द्र दाहाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै आइटिएफ तेक्वाण्डोका केन्द्रिय अध्यक्ष अन्जन धमलाले स्थानीय स्तरमा यसखाले स्तरीय प्रतियोगिता आयोजना गर्नु आफैंमा चुनौती र सफलताको परिदृष्य भएको बताए । उनले आगामी दिनमा पनि योभन्दा अझ परिस्कृत भएर प्रतियोगिता आयोजना गर्नका लागि शुभकामना दिए। पालिका अध्यक्ष ताराबहादुर काफ्लेले शुभकामना व्यक्त गर्दै तेक्वाण्डो खेलले मानसिक, शारीरिक, बौद्धिक एवं सामाजिक रुपमा पनि सबल बनाउने बताए । उनले भने ‘खेलकुदको माध्यमबाट भूगोल, समाज, विभिन्न जातजाति, वर्ग, लिङ्ग, वर्णलाई एकैठाउँमा बिना विभेद जोड्न सकिन्छ ।’ त्यसैले खेल मनोरञ्जन मात्र नभइ सामाजिकीकरणको संवाहक भएको सुनाए ।
सगसँगै सफलताको शुभकामना व्यक्त गर्दै पालिका उपाध्यक्ष राजमती इङ्नामले खेलकुदको बिकास एवं प्रबर्द्धनका लागि पालिकाले सधैं साथ र सहयोग गर्ने सुनाइन ।
खेल कानेपोखरी ६ स्थित जनसेवा माविको खेलमैदानमा भइरहेको छ ।

 

 

सम्बन्धित खवर