करणको ‘गोविन्दा नाम मेरा’मा विक्की, भूमि र कियारा - Crazysaptahik.com

करणको ‘गोविन्दा नाम मेरा’मा विक्की, भूमि र कियारा

बलिउडका सफल निर्माता तथा निर्देशक मानिने करण जोहरले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । धर्मा प्रोडक्सनले निर्माण गर्न लागेको नयाँ चलचित्रको नाम ‘गोविन्दा नाम मेरा’ राखिएको छ । चलचित्रको फस्टलुक सार्वजनिक गर्दै करणले चलचित्र सन् २०२२ को जुन १० बाट रिलिज हुने जनाएका छन् ।

यो चलचित्रको शीर्ष भूमिकामा अभिनेता विक्की कौशल देखिँदैछन् । चलचित्रलाई कमेडी शैलीमा प्रस्तुत गरिने करणले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । यो चलचित्रमा विक्कीलाई अभिनेत्रीद्वय भूमि पेड्नेकर र कियारा आडवाणीले साथ दिनेछन् ।

यो चलचित्रलाई शशांक खैतानले निर्देशन गर्दैछन् । ‘मिस्टर लेले’ नाम राखेर करणले वरुण धवनसँग यो चलचित्र बनाउने तयारी गरेका थिए । तर, चलचित्रको नाम परिवर्तन गरेर ‘गोविन्दा नाम मेरा’ राखिएको छ ।

सम्बन्धित खवर