कलाकार र पत्रकारलाई विराट म्यूजिक अवार्ड र सम्मान - Crazysaptahik.com

कलाकार र पत्रकारलाई विराट म्यूजिक अवार्ड र सम्मान

अभिनेता सरोज खनाल र गायिका मञ्जु थापा ‘राष्ट्रिय व्यक्तित्व कलाकार सम्मान’बाट सम्मानित भएका छन् । बिहिबार साँझ बाँडिएको ‘विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०७८’ समारोहमा खनाल र थापालाई यो सम्मान प्रदान गरिएको हो ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, अभिनेता धिरेन शाक्य, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, अवार्ड संयोजक रामकाजी भूजेल ‘केवल’ लगायतले कार्यक्रममा सम्मान प्रदान गरे । कार्यक्रममा सरोज भने अनुपस्थित थिए ।

कार्यक्रममा गीतकार डीआर उपाध्याय, खलपात्र तुलसीप्रसाद श्रेष्ठ, अभिनेता पुष्टबहादुर घिमिरे, गायिका विद्या तिवारी, मिक्सर मनोज परियार र सम्पादक नहकुल खड्कालाई ‘राष्ट्रिय कलाकार सम्मान’, युवा उद्यमी नवराज श्रेष्ठलाई ‘उद्यमी सम्मान’ र निर्देशक उत्तमप्रसाद अधिकारीले ‘कार्यक्रम व्यवस्थापक सम्मान’ प्राप्त गरेको कार्यक्रममा पत्रकार लक्ष्मण सुवेदीलाई नगद राशीसहित ‘सर्वोत्कृष्ट चलचित्र पत्रकार २०७७’ बाट पुरस्कृत गरिएको थियो ।

सोही अवसरमा पत्रकार डब्बु क्षेत्री, विष्णु सुवेदी, कुवेर गिरी, नेमिष गौतम र गोपीकृष्ण चापागाईं ‘राष्ट्रिय पत्रकारिता सम्मान’ बाट सम्मानित भए । आधुनिक, लोक तथा फिल्म गीतका गरेर ४ दर्जन विधामा अवार्ड बाँडिएको कार्यक्रममा फिल्म विधामा वेदप्रसाद भुजेल, नरेन खड्का, सुभेक्षा थापा, राजेन्द्र बजगाईं, राजुजंग थापा, दीर्घ खड्का, दिनेश खड्का, धिरेन शाक्य, आशा भुषाल, राकेश रनपालले अवार्ड हात पारे ।

त्यस्तै सुगम संगीतमा दीपक शर्मा, वेनिशा पौडेल, प्रताप दास, एलिजा गौतम, कमल सिंह, साहिल खान, विष्णु खड्का, अमृता कँडेल खकुरेलले अवार्ड थाप्दा पप गीत बिधातर्फ पुरुषोत्तम प्रधान, अलिफ खान, ओमप्रकाश राई, दीपक आचार्य, नविनकुमार पौडेल, लक्ष्मी आचार्य लगायतले अवार्ड लिए ।

सोही अवसरमा अमरबहादुर विश्वकर्मा, भुपेन्द्र अधिकारी, दण्डबहादुर अधिकारी, अनिमेश गुरुङ, उमा बेबी गिरी, आकाश अधिकारी, राजेश खड्का, पुरुषोत्तम पराजुली, जानकी कुँवर, सुरज पौडेल, भीष्मराज फुलारा लगायतले समेत अवार्ड हात पारेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.