पेरिसले प्रेमी कार्टरसँग गरिन् बिहे - Crazysaptahik.com

पेरिसले प्रेमी कार्टरसँग गरिन् बिहे

हलिउड नायिका तथा गायिका पेरिस हिल्टन वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले आफ्ना प्रेमी कार्टर रेमसँग बिहे गरेकी हुन् । यी दुवैले नोभेम्बर ११ मा बिहे गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा यी दुईको विवाहको तस्वीर चर्चामा छ ।

वैवाहिक समारोहमा पेरिस सेतो गाउनमा प्रस्तुत भएकी थिइन् । पेरिसले आफू र कार्टर १५ वर्षदेखि नजिकको साथी भएको बताएकी छन् । उनले सन् २०१९ मा कार्टरले आफूलाई ‘प्रपोज’ गरेको बताएकी छन् ।

पेरिसले प्रपोजको दिन कार्टर निक्कै रोमान्टिक बनेको र आफ्नो सम्पूर्ण परिवार उक्त समयमा उपस्थित भएको पनि उल्लेख गरेकी छन् ।पेरिसको स्वरमा ‘स्टार्स आर ब्लाइन्ड, नोथिङ इन दिस वल्र्ड, टर्न इट अप, डू या थिंक आई एम सेक्सी, हर्टविट लगायतका गीत चर्चित छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.