बलिउड अभिनेता राजकुमार राव वैवाहिक जीवनमा बाँधिएका छन् । उनले सोमबार प्रेमिका पत्रलेखासँग चण्डीगढमा विवाह गरेका हुन् ।विवाह समारोहपछि सोमबार नै उनीहरुले चण्डीगढमा रिसेप्सन पार्टी समेत दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
वैवाहिक जीवनमा बाँधिएको अवसरमा राजकुमार र पत्रलेखालाई भारतका राजनीति दलका नेतादेखि बलिउड फिल्मकर्मी तथा कलाकारहरुले बधाई दिइरहेका छन् ।
विवाह समारोहमा पत्रलेखाले क्रिम रंगको सारी पहिरिएकी थिइन् भने राजकुमारले पञ्जाबी पहिरन लगाएका थिए । उनीहरुले ११ वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।