रजनीकान्तले जब अन्तरवार्ता लिन आएकी युवतीलाई नै विवाहको प्रस्ताव राखे - Crazysaptahik.com

रजनीकान्तले जब अन्तरवार्ता लिन आएकी युवतीलाई नै विवाहको प्रस्ताव राखे

मेघास्टार रजनीकान्तले दक्षिण भारतमा भगवानको दर्जा पाएका छन् । दक्षिण भारतमा त उनका थुप्रै मन्दिर पनि बनेका छन् र बलिउडमा पनि उनी निकै चर्चित छन् । तर धेरै कम मानिसहरुलाई थाहा छ कि रजनीकान्त फिल्ममा आउनुअघि एउटा बसका कन्डक्टर थिए ।

बसमा टिकट काटिरहेका उनको स्टाइलबाट प्रभावित भएर एक निर्देशकले उनलाई फिल्मको मौका दिएका थिए । रजनीकान्तबारे यस्ता थुप्रै किस्सा चर्चित छन् । आउनुहोस्, यस्तै एक किस्साबारे जानकारी लिऔं ।

१२ डिसेम्बर सन् १९५० मा बेंगलुरुमा जन्मिएका रजनीकान्तले सबैभन्दा पहिलो ब्रेक सन् १९७५ मा २५ वर्षको उमेरमा पाए । यो तमिल फिल्म ‘अपूर्व रागांगल’ थियो । यो फिल्ममा कमल हासन मुख्य भूमिकामा थिए ।

निर्देशक के बालचन्दरको यो फिल्ममा रजनीकान्तले १५ मिनेटको मात्रै भूमिका निभाएका थिए तर यो फिल्मपछि रजनीकान्तको जीवनमा एउटा ठूलो परिवर्तन आयो ।बलिउडसहित साउथका थुप्रै हिट फिल्ममा काम गरिसकेका रजनीकान्तले २६ फेब्रुअरी सन् १९८१ मा लता रंगाचारीसँग विवाह गरेका थिए ।

रजनीकान्त र लताको लभ स्टोरी निकै रोचक छ । कुरा सन् १९८१ को हो जब रजनीकान्त फिल्म ‘थिल्लू मल्लू’ को सुटिङ गरिरहेका थिए । यो फिल्मको सुटिङका बेला रजनीकान्तलाई अन्तरवार्ताका लागि अनुरोध आयो । यो अनुरोध एउटा कलेज म्यागजिनको तर्फबाट आएको थियो ।

कलेजको तर्फबाट जुन महिलाले अन्तरवार्ता लिनुपर्ने थियो उनी अरु नभई लता रंगाचारी थिइन् । अन्तरवार्ता लिन पुगेकी लतालाई देख्ने बित्तिकै रजनीकान्त उनीप्रति फिदा भइहाले । अन्तरवार्ताका बेला यी दुई निकै सहज थिए । यसको विशेष कारण यी दुईको बेंगलुरुसँग सम्बन्ध थियो ।

अन्तरवार्ता समाप्त हुनै लाग्दा रजनीकान्तले लतालाई विवाहका लागि प्रस्ताव गरे । रजनीकान्तको प्रस्ताव सुनेर लता हैरान भएकी थिइन् । यद्यपि, लताले मुस्कुराउँदै यसका लागि आफूले आमाबुवालाई सोध्नुपर्ने भने बताएकी थिइन् ।

यता रजनीकान्त भने प्रस्ताव राखेपछि लताका आमा–बुवा विवाहका लागि राजी होलान् नहोलान् भन्ने सोचेर निकै चिन्तामा थिए । यद्यपि, दुबैका आमाबुवा यसका लागि राजी भए । त्यसपछि रजनीकान्त र लताले २६ फेब्रुअरी सन् १९८१ मा विवाह बन्धनमा बाँधिए ।

रजनीकान्त साउथका यस्ता सुपरस्टार हुन् जसको फिल्म उनको नामका कारण मात्रै पनि चल्छ र बक्स अफिसमा अत्यधिक कमाई पनि गर्छ तर कहिले काँही उनको फिल्म नचलेको खण्डमा वा फ्लप भएको खण्डमा कुनै हिच्किचाहट बिना तुरुन्त डिस्ट्रीब्यूटर्सको पैसा फिर्ता दिन्छन् ।

आजकाल रजनीकान्त अफ्नो नयाँ फिल्म ‘अन्नाथे’ का कारण चर्चामा छन् । यो फिल्म दक्षिण भारतका दर्शकलाई असाध्यै मन परिरहेको छ । यो फिल्म ८ दिनमा २०० करोड क्लबमा समावेश हुने पहिलो फिल्म बनेको छ ।

सम्बन्धित खवर