माल्दिभ्समा विन्दास पूजा - Crazysaptahik.com

माल्दिभ्समा विन्दास पूजा

बलिउड नायिकाहरुका लागि माल्दिभ्स होलिडे मनाउने प्रिय गन्तव्य मानिन्छ । माल्दिभ्समा पुगेर उनीहरु विन्दास शैलीमा दिन बिताउँछन् । यसैले बलिउडका नायिकाहरुको माल्दिभ्स यात्रा सधैं नै ‘टक अफ द टाउन’ बन्ने गर्दछ । साउथ तथा बलिउड चलचित्रकी सुन्दरी पूजा हेग्डे अहिले माल्दिभ्समा छिन् ।

छुट्टी मनाउनका लागि माल्दिभ्स पुगेकी पूजाको सुन्दरताको चर्चा सामाजिक सञ्जालमा भइरहेको छ । पूजाले माल्दिभ्समा खिचेका विन्दास शैलीका तस्वीर सामाजिक सञ्जालमा शेयर गरिरहेकी छन् ।चलचित्रको पर्दामा पूजा साधारण पहिरनमा बढी देखिन्छिन् ।

पारिवारिक चलचित्रमा बढी देखिएकी पूजाको माल्दिभ्स यात्रा भने हट देखिएको छ ।पूजाले चलचित्र ‘राधे श्याम’को छायांकन सकाएकी छिन् । साउथ स्टार प्रभाससँग उनी यो चलचित्रमा देखिँदैछिन् । पूजा साउथकी सर्वाधिक रुचाइएकी नायिका हुन् । उनको बलिउडमा पनि सुखद यात्रा शुरु भएको छ ।

सम्बन्धित खवर