‘चपली हाइट–३’ को कार्यक्रमबाट किन छिट्टै बाहिरिइन् स्वस्तिमा ? - Crazysaptahik.com

‘चपली हाइट–३’ को कार्यक्रमबाट किन छिट्टै बाहिरिइन् स्वस्तिमा ?

अभिनेत्री स्वस्तिमा खड्काले आफु भर्सनटायल कलाकारको रुपमा अगाडि आउन चाहेको बताएकी छन् । हालै राजधानीमा आयोजित फिल्म ‘चपली हाइट–३’ को कार्यक्रममा फिल्म ‘बुलबुल’ मा निर्वाह गरेको भूमिकालाई लिएर प्रश्न गरिएपछि उनले यस्तो जवाफ दिएकी हुन् ।

‘एक फिल्म अभिनय सिलसिलामा निर्वाह गरेको भुमिकालाई लिएर सधै ‘स्वस्तिमा चैं यही नै हो’ भनेर आकृति नबनाउन आग्रह गर्दछु’ उनले भनिन् ‘म अभिनयमा सबै प्रकारको भूमिका निर्वाह गर्न चाहान्छु ।’

‘चपली हाइट–३’ मा अनुबन्धित भएसँगै आफुलाई यस्तो प्रश्न सोध्न थालिएको उनको भनाई रहेको थियो ।कार्यक्रमपछि भने स्वस्तिमा तुरुन्तै बाहिरिएकी थिइन् । युट्युबलाई विभिन्न प्रकारको अन्तवार्ता दिनुभन्दा कार्यक्रम स्थलबाट बाहिरिनु उचित सोचेर उनी बाहिर निस्किएकी हुन् ।

मिडियामा कार्यक्रमपछि लिइने अन्तवार्ताले विभिन्न कलाकार विवादमा तानिएको राम्ररी बुझेकी स्वस्तिमा विवादबाट आफुलाई टाढा राख्न कार्यक्रम सकिने बित्तिकै बाहिरिने गर्छिन् । थ्रीलर जनराको ‘चपली हाइट–३’ को प्रदर्शन मिति भने २ पुस तोकिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.