‘मिस्टर एण्ड मिसेस माही’ बन्दै राजकुमार र जान्हवी - Crazysaptahik.com

‘मिस्टर एण्ड मिसेस माही’ बन्दै राजकुमार र जान्हवी

धर्मा प्रोडक्सनले नयाँ चलचित्र निर्माणको घोषणा गरेको छ । धर्माले निर्माण गर्न लागेको नयाँ चलचित्रको नाम ‘मिस्टर एण्ड मिसेस माही’ राखिएको छ । यो चलचित्रको शीर्ष भूमिकामा नायक राजकुमार राव र नायिका जान्हवी कपुर देखिँदैछन् ।

यो चलचित्र क्रिकेटको कथामा निर्माण हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विवाहित एक जोडीको जीवनमा आएका उतारचढावको कथालाई चलचित्रमा उठान गरिनेछ । ‘मिस्टर एण्ड मिसेस माही’लाई शरण शर्माले निर्देशन गर्दैछन् । चलचित्रको प्रदर्शन मिति सन् २०२२ अक्टोबर ७ तारिखमा रिलिज हुँदैछ ।

सम्बन्धित खवर