कट्रिना र विक्कीले कोट म्यारिज गर्ने - Crazysaptahik.com

कट्रिना र विक्कीले कोट म्यारिज गर्ने

बलिउड नायिका कट्रिना कैफ र नायक विक्की कौशल डिसेम्बर महिनामा विवाह गर्ने तयारीमा छन् । उनीहरुले विवाहको आन्तरिक तयारी अगाडि बढाएपनि यो विषयमा औपचारिक रुपमा घोषणा भने गरेका छैनन् ।

सामाजिक परम्परा अनुसार विवाह गर्नुअघि कट्रिना र विक्कीले अदालतमा पुगेर कानूनी विवाह गर्ने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यी दुईले आउँदो साता ‘कोर्ट म्यारिज’ गर्न लागेका हुन् । कोर्ट म्यारिजपछि मात्र उनीहरुले परम्परागत विवाह गर्नेछन् ।

कट्रिना र विक्कीको विवाहमा बलिउडका केही कलाकार सहभागी हुने बताइएको छ । विवाहको तयारीका कारण कट्रिनाले चलचित्र ‘सूर्यवंशी’को सफलताको खुशी समेत आफ्ना प्रशंसकहरुमाझ साट्न पाएकी छैनन् । नायक रणवीर कपूरसँग ब्रेकअप भएपछि कट्रिना विक्कीसँग नजिक भएकी हुन् ।

सम्बन्धित खवर