इन्गेजमेन्ट गरेको एक वर्षपछि विवाह गर्दै रेश्मा - Crazysaptahik.com

इन्गेजमेन्ट गरेको एक वर्षपछि विवाह गर्दै रेश्मा

नायिका तथा मोडल रेश्मा घिमिरे वैवाहिक जीवनमा बाँधिने भएकी छन् । रेश्माले मंसिर १४ गते विवाह गर्न लागेकी हुन् । रेश्माले गत वर्षको मंसिर १८ गते अमेरिकामा अध्ययनरत् प्रभात बाबुसँग इन्गेजमेन्ट गरेकी थिइन् ।

प्रभात अमेरिकामा रहेर चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन् । रेश्मा र प्रभातबीच तीन वर्षअघि चिनजान भएको हो । यसपछि कुराकानी गर्दै जाँदा उनीहरु नजिक भएका थिए ।

परिवारको सल्लाहमा रेश्मा र प्रभातले बिहे गर्न लागेका हुन् ।उनीहरुको विवाह विराटनगरबाट हुनेछ । रेश्माले आफ्ना साथी, चलचित्रकर्मी तथा संगीतकर्मीका लागि भने काठमाडौंमा पार्टीको आयोजना गर्ने बुझिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.