वर्षालाई छैन फिल्मको अफर, रोकिएका फिल्मको पनि काम शुरु भएन - Crazysaptahik.com

वर्षालाई छैन फिल्मको अफर, रोकिएका फिल्मको पनि काम शुरु भएन

नेपाली चलचित्रका कलाकारहरु छायांकनमा फर्किन थालेका छन् । केही कलाकारहरु नयाँ चलचित्रको लागि तयारी गरिरहेका छन् ।तर, नायिका वर्षा राउतको लकडाउन अगाडि नै रोकिएका दुईवटा चलचित्रको छायांकन शुरु हुन सकेको छैन ।

वर्षा चलचित्र ‘२ नम्बरी’को छायांकनमा व्यस्त भइरहँदा कोरोना महामारीका कारण लकडाउन भएको थियो । यो चलचित्रको छायांकन चैतबाट शुरु हुने निर्देशक दीपेन्द्र लामा बताउँछन् । यस्तै, वर्षाकै मुख्य भूमिका रहेको चलचित्र ‘के घर के डेरा’ पनि बन्ने नबन्ने निश्चित छैन ।

यो चलचित्रमा वर्षाले विपिन कार्की र दयाहाङ राईसँग स्क्रिन शेयर गर्ने तयारी गरेकी थिइन् । यी दुई चलचित्रपछि वर्षाले नयाँ चलचित्र साइन गरेकी छैनन् । कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको पहिलो चरणको लकडाउनपछि दिएको एक अभिव्यक्तिका कारण पनि वर्षा विवादमा आएकी थिइन् ।

अन्य नायिकाहरु धमाधम चलचित्रको काममा व्यस्त हुन थालेपनि वर्षा भने भिडियोकै काममा व्यस्त छिन् । वर्षाले पनि केही समयअघि मिडिया कुराकानीमा आफूलाई नयाँ चलचित्रको अफर नआएको बताएकी थिइन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.