शाहरुख खानकी छोरीको दिल किन टुट्यो ?  - Crazysaptahik.com

शाहरुख खानकी छोरीको दिल किन टुट्यो ? 

बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खान ड्र ग घटनालाई लिएर लगातार चर्चामा छन् तर यसले उनकी छोरी सुहाना खानको इन्टरनेट सेन्सेसन भने घटाएको छैन । उनी पहिलेजस्तै आफ्ना फ्यानहरूको मनपर्ने लिस्टमा छिन् ।

सामाजिक सञ्जालमा निकै फ्यान फलोइङ रहेको सुहाना आफ्नो पछिल्लो इन्स्टाग्राम पोस्टका कारण फेरी चर्चामा छिन् । वास्तवमा सुहाना लामो समयदेखि भारतमा बस्दिनन् । उनी न्युयोर्कमा बस्दै अध्ययनरत छिन् ।

तर उनको पछिल्लो पोस्ट हेरेर फ्यानहरुले अब सुहानाले न्युयोर्कलाई बिदाइ गर्ने अनुमान गरेका छन् । उनी छिट्टै न्यूयोर्क छोड्न सक्छिन्।सुहानाले आफ्नो पोस्टमा ब्यानर झुण्डिएको ट्रकको तस्बिर राखेकी छिन् ।

यो ब्यानरमा अङ्ग्रेजीमा लेखिएको छ, चिन्ता नलिनुहोस्, न्युयोर्क छाडे पनि सधैँ न्युयोर्कर रहनुहुनेछ । सुहानाले यो तस्विरको क्याप्सनमा स्पष्ट केही लेखेकी छैनन् तर टुटेको मुटुको इमोजी राखेकी छिन् ।  यसबाट सुहाना भारी मनका साथ न्युयोर्कलाई बिदा गर्ने तयारीमा छिन् भन्ने अनुमान मानिसहरूले गरिरहेका छन् ।

सन् २०१९ देखि सुहाना आफ्नो अध्ययन पूरा गर्न न्यूयोर्कमा छिन् । उनी त्यहाँ बिताएका हरेक पललाई सामाजिक सञ्जालमा सेयर गरिरहेकी छिन् । यसबाट फ्यानहरु पनि खुसी छन् तर अब उनी छिट्टै भारत फर्कने तयारीमा छिन् ।

सम्बन्धित खवर