विवाह कार्यक्रमका लागि कट्रिना–विक्कीले बुक गरे ४५ होटल - Crazysaptahik.com

विवाह कार्यक्रमका लागि कट्रिना–विक्कीले बुक गरे ४५ होटल

बलिउड कपल विक्की कौशल र कट्रिना कैफले विवाह गर्न लागेको खबर त अब नयाँ भएन । उसो त यी दुईले अहिलेसम्म विवाहको विषयमा कुनै औपचारिक घोषणा गरेका छैनन् । तर, डिसेम्बर ७ देखि ९ सम्म यी दुईले विवाह गर्दैछन् ।

विवाहका लागि केही समय अगाडिबाट नै तयारी पनि शुरु गरिएको छ । विक्की र कट्रिनाको बिहेमा बलिउडकर्मी, आफन्त र साथीभाइहरुको बाक्लो उपस्थिति हुनेछ । यसैले पनि विवाह समारोहलाई भव्य बनाउन यी दुईले कुनै कसर बाँकी नराख्ने देखिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार विक्की र कट्रिनाको विवाहका लागि ४५ वटा होटल बुक गरिएको छ । महंगा र आरामदायी होटलमा विवाहमा पुगेका पाहुनाहरु बस्नेछन् ।

सम्बन्धित खवर