तस्वीरमा हेर्नुहोस् मिस वर्ल्डमा नम्रता - Crazysaptahik.com

तस्वीरमा हेर्नुहोस् मिस वर्ल्डमा नम्रता

मिस वर्ल्ड नेपाल नम्रता श्रेष्ठ केही दिनदेखि अमेरिकामा छिन् । उनले अमेरिकाको पुएर्तो रिकोमा डिसेम्बर १६ तारिखमा आयोजना हुने ‘मिस वर्ल्ड’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दैछिन् । नेपालको प्रतिनिधित्व गर्दै विश्वकै चर्चित सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा नम्रता खुशी देखिएकी छन् ।

नम्रताले आफ्ना दैनिक क्रियाकलाप समेटिएका तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै फ्यानहरुलाई उत्साहित पनि बनाइरहेकी छन् । नेपालले आजसम्म ‘मिस वर्ल्ड’को टाइटल जितेको छैन । तर, नेपालले ‘ब्युटी विथ पर्पस’ विधाको अवार्ड भने केही वर्षदेखि जित्दै आएको छ ।

नम्रताले यसपटक पनि यो विधाको अवार्ड नेपाल भित्र्याउने अपेक्षा गरिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक तस्वीरमा नम्रता कतै अन्य देशका प्रतिस्पर्धीसँग रमाइरहेकी छिन् भने कतै ‘हेड टु हेड’ च्यालेञ्जका लागि तयार भएको देखिन्छ । उनले ‘ब्युटी विथ पर्पस’ विधाका लागि आफ्नो भिडियो प्रस्तुति पनि निर्णायकसमक्ष प्रस्तुत गरिसकेकी छन् ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.