वैवाहिक जीवनमा बाँधिइन् रेश्मा घिमिरे - Crazysaptahik.com

वैवाहिक जीवनमा बाँधिइन् रेश्मा घिमिरे

नायिका तथा मोडल रेश्मा घिमिरे वैवाहिक जीवनमा बाँधिएकी छन् । सोमबार उनले अमेरिकामा बस्दै आएका प्रभात बाबुसँग विवाह गरेकी हुन् । रेश्मा र प्रभातको विवाह समारोह विराटनगरको एक रिसोर्टमा चलिरहेको छ ।

उनीहरुको बिहेमा आफन्त, परिवार, साथीभाइ र केही चलचित्रकर्मीको मात्र उपस्थिति छ । नायिका वर्षा राउत रेश्मालाई शुभकामना दिन विराटनगर पुगेकी छन् । वर्षा र रेश्मा नजिकका साथी हुन् । रेश्माले गत वर्ष अमेरिकामा रहेका प्रभातसँग इन्गेजमेन्ट गरेकी थिइन् ।

इन्गेजमेन्ट गरेको एक वर्षपछि उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् । रेश्माका श्रीमान् प्रभात अमेरिकामा रहेर चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन् । रेश्मा नेपाली म्युजिक भिडियोमा सफल मोडल हुन् । रेश्मा टिकटकबाट निक्कै चर्चामा आएकी थिइन् ।

उसो त, रेश्माले केही वर्ष अगाडि एक चलचित्रमा काम नगरेकी होइनन् । तर, यो चलचित्र असफल भएपछि रेश्मा मनोरञ्जन क्षेत्रबाट टाढा बसेकी थिइन् । तर, टिकटकको लोकप्रियतासँगै उनको पनि दोस्रो इनिङ्स शुरु भएको मानिन्छ । रेश्मालाई चलचित्रको अफर पनि राम्रै आइरहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.