बिलबोर्डको इतिहासमा टेलर स्वीफ्टको दुर्लभ कीर्तिमान, १० वटै सूची कब्जा - Crazysaptahik.com

बिलबोर्डको इतिहासमा टेलर स्वीफ्टको दुर्लभ कीर्तिमान, १० वटै सूची कब्जा

‘बिलबोर्ड हट हन्ड्रेड’ सूचीका सबै १० चार्टमा कब्जा जमाउँदै गायिका टेलर स्वीफ्टले कीर्तिमान रचेकी छन् । बिलबोर्डको ६४ वर्षको इतिहासमा पहिलोपटक यो रेकर्ड कायम भएको हो । १० मध्ये ९ वटा चार्टमा सूचीकृत हुँदै यसअघि गायक ड्रेक सन् २०२१ को सेप्टेम्बरमा कीर्तिमान रचेका थिए।

तर सबै १० सूचीमा अटाउँदै स्वीफ्टले पहिलोपटक दुर्लभ कीर्तिमान कायम गरेकी हुन् ।स्वीफ्टको नयाँ गीत ‘एन्टीहिरो’ अहिले बिलबोर्ड सूचीको पहिलो स्थानमा छ । नौ वर्षको सांगीतिक करिअरमा एन्टीहिरोले स्वीफ्टलाई पुनः नेतृत्व प्रदान गरेको हो ।

अक्टोबर २१ मा रिलिज भएको ‘एलपी मिडनाइट’का सबै गीत १० सूचीमा अटाएका हुन् । गत साता नै स्वीफ्टले यसअघि ड्रेक र बिटल्सले कायम गरेका कीर्तिमानलाई तोडेकी हुन् ।

टेलर स्वीफ्ट पछिल्लो समय अंग्रेजी संगीतकै विश्वचर्चित गायिका हुन् । उनका प्रत्येक गीतले बिलबोर्ड मात्र होइन, गैरअंग्रेजीभाषी समुदायमा पनि लोकप्रियता पाएका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.