श्वेताले राखिन् छोरीको नाम ‘ब्रायना’, भन्छिन्– यो क्षणमा जादूयी महसुस गरिरहेकी छु - Crazysaptahik.com

श्वेताले राखिन् छोरीको नाम ‘ब्रायना’, भन्छिन्– यो क्षणमा जादूयी महसुस गरिरहेकी छु

अभिनेत्री श्वेता खड्का र पति विजयन्द्रसिंह रावतलाई मंगलबार पुत्रीलाभ भयो । छोरीको जन्मपछि श्वेता दम्पती निकै प्रफुल्ल देखिन्छन् र एकपछि अर्को गरी सामाजिक सञ्जालमा तस्वीर र भिडियो सार्वजनिक गरिरहेका छन् ।

श्वेता दम्पतीले विहीबार छोरीको नामकरण पनि गरेका छन् । उनीहरुले छोरीको नाम ‘ब्रायना’ राखेका छन् । आइरिस भाषामा ब्रायनाको अर्थ उच्च, नवीन र श्रेष्ठ भन्ने हुन्छ । ब्रायनको स्त्रीलिंगी शब्द ब्रायना हो ।

लोकप्रिय शब्द ब्रायनालाई केही अन्तर्राष्ट्रिय सेलिब्रिटीले पनि आफ्ना छोरीको नाममा प्रयोग गरेका छन् । श्वेताले छोरीको नाम सार्वजनिक गर्दै आफूलाई सघाउने चिकित्सक र नर्सलाई धन्यवाद दिएकी छन् ।

उनले आमा हुन पाउनुलाई जीवनकै सुन्दर अवार्डसँग तुलना गरेकी थिइन् । श्वेता लेख्छिन्, ‘संसारका विभिन्न भागबाट सबै शुभचिन्तकले यति धेरै माया र आशिर्वाद दिनुभएको छ । हामी निकै धन्य छौं । यो सम्पूर्ण क्षण म र मेरो बच्चाको लागि जादूयी छ । सबैलाई धन्यवाद ।’

केही समय आराम गरेपछि अब फिल्म निर्माणमा कमब्याक गर्ने श्वेताको तयारी छ । केही साताअघि  उनले आफूलाई नारी सशक्तीकरणबारे फिल्म बनाउने तयारी रहेको उनले जानकारी दिएकी थिइन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.