द भ्वाइसको पोर्चुगल संस्करणमा झापाका विवश उप्रेतीको दमदार प्रस्तुति - Crazysaptahik.com

द भ्वाइसको पोर्चुगल संस्करणमा झापाका विवश उप्रेतीको दमदार प्रस्तुति

झापाका विवश उप्रेतीले गायन रियालिटी शो द भ्वाइसको पोर्चुगिज संस्करणमा उत्कृष्ट प्रस्तुति दिएका छन् । यसै साता भएको ब्लाइण्ड अडिसनमा उनले ‘टिनिज ह्वीस्की’ बोलको गीत गाएर जजलाई मन्त्रमुग्ध बनाए ।

उनको प्रस्तुतिमा चारैजना कोचले कुर्सी घुमाएर उनलाई आगामी चरणको लागि छनोट गरे ।केही वर्षदेखि पोर्चुगलमा बस्दै विवश त्यहाँस्थित नेपाली समुदायमा पनि चर्चित छन् । विवश द भ्वाइसमा छानिएपछि पोर्चुगलस्थित नेपाली समुदायले उनलाई जिताउन क्याम्पेन पनि चलाएका छन् ।

यतिबेला द भ्वाइसको अमेरिकी संस्करणमा नेपाली मूलकी किशोरी परिजिता बाँस्तोलाले पनि चर्चा पाइरहेकी छन् । नेपालमा भने द भ्वाइसमा अहिले ब्याटल राउण्ड चलिरहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.