९२ देशका फिल्मले ओस्कारमा प्रतिस्पर्धा गर्ने, नेपालको ‘ऐना झ्यालको पुतली’ दाबेदारको सूचीमा - Crazysaptahik.com

९२ देशका फिल्मले ओस्कारमा प्रतिस्पर्धा गर्ने, नेपालको ‘ऐना झ्यालको पुतली’ दाबेदारको सूचीमा

यस वर्ष ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर विधातर्फ ९२ देशका फिल्मले प्रतिस्पर्धा गर्ने भएका छन् । आवेदन दिन पाउने म्याद बिहीबार सकिएको छ । प्राप्त फिल्ममध्येबाट द एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले डिसेम्बर २१ मा अन्तिम १५ को सूची तयार गर्नेछ भने मनोनयन घोषणा जनवरी २४ मा हुनेछ ।

ओस्कार समारोह मार्च १२ मा हुनेछ । सन् २०२० मा कुल ९३ मुलुकका फिल्मले भाग लिएका थिए र त्यो रेकर्ड पनि थियो । प्राप्त ९२ फिल्म ओस्कारद्वारा गठित ११ जनाको समूहलाई पठाइएको छ ।

यो कमिटीले फिल्म हेरेर मनोनयन तय गर्नेछ ।नेपालबाट यसपटक ‘ऐना झ्यालको पुतली’ ओस्कारमा सिफारिस भएको छ । निर्माता रामकृष्ण पोखरेल ओस्कार समारोह हुने अमेरिकाको लस एन्जलसमै रहेर ओस्कार मतदातामाझ माहोल बनाउन प्रयास गरिरहेका छन् ।

यस वर्ष अन्तर्राष्ट्रिय फिचर विधा दशककै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले कुन देशले यो विधामा बाजी मार्न सक्ला भनेर प्रक्षेपण गरिरहेका छन् ।

हलिउड रिपोर्टर, भेराइटी, गोल्डडर्बी लगायतले नेपालको फिल्म ‘ऐना झ्यालको पुतली’लाई दाबेदारभन्दा पनि बलियो प्रतिस्पर्धीको रुपमा प्रक्षेपण गरेका छन् । नेपालमा दशककै उत्कृष्ट फिल्मको रुपमा समीक्षकबाट चर्चित उक्त फिल्म ओस्कारमा मनोनयन हुन सक्षम फिल्म समेत हो । किनभने विश्व चर्चित बुसान फिल्म फेस्टिभलमा समेत यसले राम्रै प्रशंसा बटुलिसकेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.