पूर्वप्रेमी एलन मस्कले ट्वीटर किनेपछि हलिउड अभिनेत्री एम्बर हर्डले छाडिन् प्लेटफर्म - Crazysaptahik.com

पूर्वप्रेमी एलन मस्कले ट्वीटर किनेपछि हलिउड अभिनेत्री एम्बर हर्डले छाडिन् प्लेटफर्म

अर्बपति धनाढ्य एलन मस्कले ट्वीटर किनेपछि यो प्लेटफर्मलाई छाड्नेको संख्या पनि बढेको छ । कतिपय हलिउड सेलिव्रिटीले ट्वीटरबाट बिदा लिएका छन् । मस्क ट्वीटर मालिक बनेलगत्तै कायने वेस्ट फर्किएका छन् भने केही हलिउड निर्माता तथा अभिनेताले प्लेटफर्म छाडेको बताएका छन् ।

छाड्ने सेलिव्रिटीको सूचीमा हलिउड अभिनेत्री एम्बर हर्ड पनि थपिएकी छन् । पूर्वपति तथा अभिनेता जोनी डीपसँगको तनावपूर्ण सम्बन्धको कारण चर्चामा रहेकी अभिनेत्री हर्ड यतिबेला ट्वीटर प्लेटफर्म छाडेपछि पुनः चर्चामा छिन् ।

ट्वीटर प्रयोगकर्ताले यतिबेला हर्डले प्लेटफर्म छाड्नुको कारणबारे चर्चा गरिरहेका छन् । कतिपयले चाहिँ पूर्वप्रेमीसमेत रहेका धनाढ्य मस्कसँगको असमझदारीपूर्ण सम्बन्धको कारण ट्वीटर छाडेको हुनसक्ने अनुमान गरेका छन् ।

जोनी डीपसँग सम्बन्ध विच्छेद भएपछि सन् २०१६ मा मस्क र हर्डबीच अफेयर चलेको हलिउड मिडियाको भनाई छ । तर, यी दुईबीचको रोमान्स त्यति चर्चामा आएन । मस्कले ट्वीटर लिएपछि सारा बेरलिस, केन ओलिन, टोनी ब्राक्स्टन लगायतले प्लेटफर्म छाडिसकेका छन् ।

सम्बन्धित खवर