चेतन कार्कीको शब्द र दीप श्रेष्ठको स्वरमा ‘विरहमा जल्छु’ सार्वजनिक - Crazysaptahik.com

चेतन कार्कीको शब्द र दीप श्रेष्ठको स्वरमा ‘विरहमा जल्छु’ सार्वजनिक

गीतकार चेतन कार्कीको शब्दमा म्युजिक नेपालले ‘विरहमा जल्छु’ गीत सार्वजनिक गरेको छ । गीतमा दीप श्रेष्ठले स्वर दिएका छन् भने नारायण ओलीको संगीत र गोपाल रसाइलीको एरेन्ज रहेको छ ।

प्रेम विरहको भाव समेटिएको गीतको भिडियोमा नम्रता सापकोटा र कोशिश क्षेत्री फिचर्ड छन् । भवानी शिलाशंकरको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोलाई राजीव लोहनीले निर्देशन गरेका छन् ।

फिल्म निर्देशक, लेखक तथा साहित्यकार समेत रहेका कार्कीको २०७८ जेठ २ गते ८४ वर्षको उमेरमा निधन भएको थियो । कार्कीले विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी लगायत फिल्म निर्देशन गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.