सेन्सर अनुमति नपाउँदा नेपालमा रोकियो अक्षय कुमारको फिल्म ‘रामसेतु’ - Crazysaptahik.com

सेन्सर अनुमति नपाउँदा नेपालमा रोकियो अक्षय कुमारको फिल्म ‘रामसेतु’

चलचित्र विकास बोर्डले सेन्सर अनुमति नदिएपछि अक्षय कुमार स्टारर बलिउड फिल्म ‘रामसेतु’को नेपाल रिलिज रोकिएको छ ।बोर्डका प्रदर्शन तथा वितरण अधिकृत गिरीश शर्माले दिएको जानकारीअनुसार वितरकले समयमै कागजपत्र पेस नगर्दा फिल्मले सेन्सरको अनुमति नपाएको हो ।

वितरण संस्था डिजिटल सिनेमा नेपाल (डीसीएन)ले उक्त फिल्मलाई शुक्रबार नेपालव्यापी रिलिजको तयारी गरेको थियो । डीसीएनका वितरण प्रमुख दीपक दंगालले पनि सेन्सर अनुमति प्राप्त नहुँदा रिलिज रोकिएको पुष्टि गरे ।

कात्तिक १ गतेदेखि फिल्म रिलिज गर्न चाहने वितरकले एक साता अगावै बोर्डमा सेन्सरको लागि कागजपत्र पेस गरेर अनुमति लिनुपर्ने नयाँ नियम छ । रोकिएको फिल्म ‘रामसेतु’ अब कम्तीमा एक साता रिलिज हुनेछैन ।

सम्बन्धित खवर