भूमिका र प्रकाशको जोडी ‘देउराली’मा फिट, गीत पनि हिट - Crazysaptahik.com

भूमिका र प्रकाशको जोडी ‘देउराली’मा फिट, गीत पनि हिट

लोक सांगीतिक दुनियाँमा भूमिका गिरी र प्रकाश दूतराजको जोडी जमेको छ । उनीहरुले १० दिन अगाडिमात्रै सार्वजनिक गरेकोे ‘देउरालीमा’ गीतले युट्युबमा १२ लाख भन्दा बढी भ्युज बटुलिसकेको छ ।

यसअघि उनीहरुकै ‘चोली मैलै भो’ गीतले १ करोडभन्दा बढी भ्युज पाएको थियो । ‘देउरालीमा’ गीत कात्तिक ८ गते मात्रै भूमिका गिरीको युट्युब च्यानलबाट सार्वजनिक भएको थियो । यो समाचार तयार पार्दासम्म यो गीत १२ लाख ३३ हजार भन्दा धेरै पटक हेरिसकिएको छ ।

‘चोली मैलै भो’ पछि उनीहरुको यो दोस्रो सहकार्य थियो । यति धेरै भ्युज पाएपछि आफूहरुको सहकार्य सार्थक भएको भूमिका बताउँछिन् । छोटो समयमै धेरै दर्शक पाएपछि भूमिका दंग छिन् ।

म्युजिक भिडियो सुटिङको सिलसिलामा हाल अष्ट्रेलियामा रहेकी भूमिकाले  भनिन्, ‘दर्शकले यति धेरै माया गरिदिंदा हामी नतमस्तक भएका छौं ।’

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.