कलाकारले राजनीतिकर्मीबाट अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी खोजिरहेका छन् : नीर शाह - Crazysaptahik.com

कलाकारले राजनीतिकर्मीबाट अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी खोजिरहेका छन् : नीर शाह

वरिष्ठ फिल्म निर्देशक तथा अभिनेता नीर शाहले राजनीतिकर्मीबाट कलाकारले अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी खोजिरहेको बताएका छन् । नेपाली कांग्रेसले चलाएको निर्वाचन संवादमा कुरा गर्दै शाहले संगीत, नाटक र चलचित्र क्षेत्रका व्यक्तिहरु निरकुंशताको पक्षमा उभिन नसक्ने बताए ।

‘राजनीतिकर्मीसँग कलाकारको सम्बन्ध अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टीलाई लिएर हो । यसकारण राजनीतिकर्मीसँग कलाकारको सम्बन्ध राम्रो छ,’ उनले भने, ‘यसकारण कलाकारले कांग्रेसमाथि भरोसा राखेका छन् ।’

यसैबीच, काठमाडौं क्षेत्र नम्बर ५ लोकतान्त्रिक बुद्धिजीवी तथा पेसाकर्मी समूहले गरेको बृहत कार्यक्रममा बोल्दै शाहले कांग्रेसका युवा नेता प्रदीप पौडेल आगामी नेपालको परिकल्पनाकार भएको बताउँदै उनलाई भोट दिन अपील गरे ।

‘नेपालको गणतान्त्रिक आन्दोलनको बारेमा मैले धेरै भनिरहन परेन । उहाँ आन्दोलनको बिगुल फुक्ने अग्रणी व्यक्ति हो,’ उनले भने, ‘यी यावत् कुरालाई केलाएर हेर्दा भोलिको नेपालको परिकल्पनाकार प्रदीप पौडेल हुन् ।’

शाहले केपी ओली नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा टिप्पणी गरे । ओली नेतृत्वको सरकारको गलत कदमका कारण गठबन्धन गर्नुपरेको उनको भनाइ छ । कार्यक्रममा अर्थशास्त्री स्वर्णिम वाग्ले, स्वास्थ्यविज्ञ सुधा त्रिपाठी लगायतले पनि सम्बोधन गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.