२९ वर्षमा बनिन् आलिया आमा : डिम्पल १७ मा बनेकी थिइन्, नितु, भाग्यश्रीले पनि सानै उमेरमा जन्माए बच्चा - Crazysaptahik.com

२९ वर्षमा बनिन् आलिया आमा : डिम्पल १७ मा बनेकी थिइन्, नितु, भाग्यश्रीले पनि सानै उमेरमा जन्माए बच्चा

आलिया भट्टले आइतबार छोरीलाई जन्म दिएकी छिन् । आलियाको डिलिवरी मुम्बईको रिलायन्स अस्पतालमा भएको थियो, जहाँ उनीसँग पति रणबीर कपूर र परिवारका केही सदस्यहरू पनि थिए ।

१४ अप्रिल २०२२ मा, विवाहको ६ महिना पछि, अभिनेत्री २९ वर्षको उमेरमा आमा बनेकी छिन् । योसँगै आलिया कम उमेरमा आमा बन्ने नायिकाको सूचीमा समावेश भएकी छिन् । आलियाबाहेक अरु को नायिकाले कम उमेरमा खुसीको समाचार दिए भन्ने जानकारी लिऔँ ।

डिम्पल कपाडिया

एक समयकी चर्चित अभिनेत्री डिम्पल कपाडियाले १६ वर्षको उमेरमा राजेश खन्नासँग विवाह गरेकी थिइन् । विवाह गरेको अर्को वर्ष, सन् १९७४ मा, छोरी ट्विंकल खन्नाको जन्म भयो ।

नीतु कपुर

नीतु कपुरले २१ वर्षको उमेरमा ऋषि कपूरसँग प्रेम विवाह गरेकी थिइन् । विवाहको अर्को वर्ष नीतुले छोरी रिद्धिमा कपूरलाई जन्म दिइन् । त्यसको एक वर्षपछि सन् १९८२ मा दम्पतीको छोरा रणवीरको जन्म भयो । जेठी छोरीको जन्म हुँदा नितु २२ वर्षकी मात्र थिइन् ।

भाग्यश्री

‘मैने प्यार किया’ फिल्ममा देखिएकी अभिनेत्री भाग्यश्रीले २२ वर्षको उमेरमा छोरा अभिमन्यु दासानीलाई जन्म दिइन् ।‘मैने प्यार किया’ फिल्मपछि भाग्यश्रीले २१ वर्षको उमेरमा सन् १९९० मा हिमालय दसानीसँग विवाह गरिन् ।

काजोल

काजोलले २९ वर्षको उमेरमा छोरी न्यासालाई जन्म दिइन् । काजोलले १९९९ मा अजय देवगनसँग विवाह गरिन् जसको ३ वर्षपछि सन् २००३ मा न्यासाको जन्म भयो ।

जया बच्चन

जयाले सन् १९७३ मा अमिताभ बच्चनसँग विवाह गरेको ठीक एक वर्षपछि १९७४ मा जेठी छोरी श्वेता बच्चनलाई जन्म दिइन् । त्यतिबेला जया जम्मा २६ वर्षकी थिइन् । त्यसको दुई वर्षपछि जया–अमिताभका छोरा अभिषेकको जन्म भयो ।

सारिका

श्रुति हासनको जन्म सन् १९८६ मा भएको थियो, जब उनकी आमा सारिका २६ वर्षकी थिइन् । आमा बनेको दुई वर्षपछि सारिकाले श्रुतिका पिता कमल हसनसँग विवाह गरिन् ।

नीना गुप्ता

नीना गुप्ताले सन् १९८९ मा छोरी मसाबा गुप्तालाई जन्म दिइन् । मसाबा नीना गुप्ता र पूर्व वेस्ट इन्डिज क्रिकेटर भिभियन रिचर्ड्सकी छोरी हुन् । नीनाले विवाह नगरी छोरी जन्माएकी थिइन् । नीना त्यतिबेला ३० वर्षकी मात्र थिइन् । भिभियन विवाहित भइसकेकाले नीनाले एकल आमा बनेर छोरी हुर्काएकी हुन् ।

करिना कपुर खान

करीना कपुर खानले सन् २०१४ मा आफ्नो पहिलो छोरा तैमुरलाई जन्म दिएकी थिइन् । त्यतिबेला उनी ३४ वर्षकी थिइन् । करिनाले २०१२ मा सैफ अली खानसँग विवाह गरेकी थिइन् ।

करिश्मा कपुर

९० को दशककी शीर्ष अभिनेत्री रहेकी करिश्मा कपुरले सन् २००५ मा छोरी समाइरालाई जन्म दिइन् । त्यतिबेला अभिनेत्री ३१ वर्षकी थिइन् । करिश्माले सन् २००३ मा व्यापारी सञ्जय कपूरसँग विवाह गरेकी थिइन् । दुवैको सन् २०१६ मा सम्बन्धविच्छेद भएको थियो ।

रविना टन्डन

रविना टन्डनले २१ वर्षको उमेरमा छाया र पूजालाई धर्मपुत्रीको रुपमा स्वीकार गरेकी थिइन् । त्यतिबेला रविना अविवाहित थिइन् । रविनाले सन् २००४ मा व्यापारी अनिल थडानीसँग विवाह गरेकी थिइन् भने अर्को वर्ष २००५ मा रविनाले छोरी साशालाई जन्म दिइन् । त्यतिबेला रविना ३१ वर्षकी थिइन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.