एसियालीमाथिको आक्रमणविरुद्ध उभिएकोमा प्रबल गुरुङको फेसन लेभललाई अमेरिकी अवार्ड - Crazysaptahik.com

एसियालीमाथिको आक्रमणविरुद्ध उभिएकोमा प्रबल गुरुङको फेसन लेभललाई अमेरिकी अवार्ड

नेपाली मूलका हलिउड फेसन डिजाइनर प्रबल गुरुङको फेसन लेभल ‘हाउस अफ स्ले’लाई अमेरिकी फेसन डिजाइनर्सको छाता संस्था (सीएफडीए)ले ‘पोजेटिभ सोसल इन्फ्लुएन्स अवार्ड’ प्रदान गरेको छ ।

गुरुङको नेतृत्वमा एसियाली मूलका हलिउड फेसन डिजाइनरहरु लाउरा किम, फिलिप लाम, टिना ल्युङ र एजरा विलियमले उक्त लेभल स्थापना गरेका थिए । जसले हालैका वर्षमा अमेरिकामा भएका एसियाली मूलका बासिन्दामाथिको घृणात्मक आक्रमणविरुद्ध अभियान चलाएको थियो ।

प्रबल लगायतका फेसन डिजाइनरहरु एसियालीमाथिको आक्रमणविरुद्ध उभिएका थिए ।न्युयोर्कको म्यानहटनमा सोमबार आयोजित भव्य कार्यक्रममा द काउन्सिल अफ फेसन डिजाइनर्स अफ अमेरिकाले फेसनका विभिन्न विधामा अवार्ड वितरण गरेको थियो ।

संस्थाको ६० औं वर्षगाँठमा वितरित अवार्डमा वातावरणीय दिगोपन अवार्ड संयुक्त राष्ट्रसंघ, इनोभेसन अवार्ड किम कार्दसियन लगायतलाई प्रदान गरियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.