केनु रिभ्स अभिनित ‘जोन वीक–४’को ट्रेलर : कलरफुल दृश्यमा भरमार एक्सन - Crazysaptahik.com

केनु रिभ्स अभिनित ‘जोन वीक–४’को ट्रेलर : कलरफुल दृश्यमा भरमार एक्सन

केनु रिभ्स स्टारर हलिउडको प्रतीक्षित एक्सन फिल्म ‘जोन वीक’को चौथो श्रृंखलाको आकर्षक ट्रेलर सार्वजनिक भएको छ । आगामी मार्च २३ मा रिलिजको तयारीमा रहेको फिल्मलाई लायन्सगेट स्टुडियोले सार्वजनिक गरेको हो ।

फ्रेन्चाइज निर्देशक चाड स्टेहल्स्की निर्देशित फिल्मको पछिल्लो श्रृंखलामा जोन वीकले हाइ टेबुललाई हराउने बाटो पत्ता लगाउँछ । उसका सामु सूर्योदयमा उसको नयाँ शत्रु बिल स्कार्सगार्डको ग्याङलाई हराउनुपर्ने चुनौती आइलाग्छ ।

ट्रेलरमा आकर्षक एक्सन कोरियोग्राफी समेटिएको छ । चिल्ला र कलरफुल दृश्यले फिल्मलाई मजेदार बनाएको छ । लायन्सगेटको फिल्म जोन वीक विश्व बक्स अफिसमै प्रतीक्षित फिल्ममध्ये पर्छ ।

यसका अघिल्ला फिल्मले नेपाली बक्स अफिसमा पनि सुखद् कमाइ गरेका छन् । जोन वीकको तेस्रो श्रृंखलाले एक्सन सिरिजमा अहिलेसम्मकै सर्वाधिक कमाइको रेकर्ड राखेको छ । जसले विश्व बक्स अफिसमा १८१ मिलियन डलर कमाइ गरेको थियो ।

सम्बन्धित खवर