‘महापुरूष’ हेर्न २५ वर्षपछि फिल्म हलमा कुलमान घिसिङ - Crazysaptahik.com

‘महापुरूष’ हेर्न २५ वर्षपछि फिल्म हलमा कुलमान घिसिङ

लोडसेडिङ अन्त्य गरेर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले फिल्म ‘महापुरुष’ हेरेका छन् । शनिबार चावहिलको एफएक्युब हलमा सपरिवार पुगेर उनले फिल्म हेरे ।

महजोडीको अभिनय रहेको र हेर्नेले राम्रो भनेकाले दर्शक बनेर बिदाको समय सदुपयोग गरेको उनले बताए । हेरेपछि प्रतिक्रिया दिंदै घिसिङले आफूलाई मन पर्ने सामाजिक विषयवस्तुमा फिल्म बनेको बताए ।

‘राम्रो कथा र नेपाली समाजसँग जोडिएको विषय,’ घिसिङले भने, ‘मनभित्रको अन्धकारलाई हटाउँदै खुसी हुनुपर्छ भन्ने सन्देश दिएको छ । फिल्म राम्रो बनेको छ ।’फिल्मले उठान गरेको कथावस्तु र अभिनयको प्रंशसा पनि गरे ।

घिसिङलाई दर्शकको रुपमा पाउँदा उत्साहित भएको निर्देशक प्रदीप भट्टराईले बताए । ‘हामीले अँध्यारोमा गुम्सिएको आमाबुवालाई उज्यालो दिने प्रयास गरेका हौं ।  उज्यालोको देउतालाई दर्शकको रुपमा पाउँदा सफल भएका छौं,’ निर्देशक भट्टराईले भने, ‘हल भिजिटमा पाएको प्रतिक्रियाले दर्शकसँग जोडिएको फिल्म बनाए भन्ने लागेको छ ।

कलाकारहरु अरुण क्षेत्री र अञ्जना बराइली पनि हलमा पुगेका थिए । निर्माता दीपेश खत्रीले फिल्ममार्फत एकल अभिभावकको समस्यालाई उजागर गर्ने प्रयास गरेको बताए ।

हरिवंश आचार्यको प्रमुख भूमिका रहेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ र सिरु विष्टको अभिनय छ । कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दीपेश खत्री रहेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.