मोडल रेश्मा घिमिरे रास्वपा उम्मेदवार गौतमलाई भोट माग्दै वर्षा र उषापछि - Crazysaptahik.com

मोडल रेश्मा घिमिरे रास्वपा उम्मेदवार गौतमलाई भोट माग्दै वर्षा र उषापछि

मोडल तथा टेलिभिजन होस्ट रेश्मा घिमिरे पनि राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार सोविता गौतमको पक्षमा खुलेकी छन् । काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकी गौतमको चुनावी घरदैलोमा मोडल घिमिरेले पनि सहभागिता जनाएकी हुन् ।

पेप्सीकोलाको घरदैलोमा उनले सोविताको पक्षमा भोट समेत मागिन् । ‘नेपाल आइडल’की होस्ट रहेकी रेश्मा म्युजिक भिडियोमा चर्चित मोडल समेत हुन् ।

शनिबार अभिनेत्री वर्षा सिवाकोटीले पनि सोविताको पक्षमा भोट मागेकी थिइन् । त्यसअघि मोडल उषा उप्रेती पनि सोविताको पक्षमा खुलेकी थिइन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.